३१ असार २०८३, बुधबार

सन लाइफ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं८ चैत । सन नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी सनलाइफ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा चैत ७ र ८ गते कार्यक्रम सञ्चालन भएको थियो ।

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत ७ र ८ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुर र मल्पि इन्टरनेसनल कलेज, चक्रपथ, काठमाण्डौमा साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

२०८० चैत्र ७ गते चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ । साथै, सहभागी विद्यार्थीहरुको वित्तीय बजार र धितोपत्र बजारसम्बन्धी सम्पूर्ण जिज्ञाशाहरुको पनि सम्बोधन गरिएको थियो ।

२०८० चैत्र ८ गते मल्पी इन्टरनेशनल कलेज, चक्रपथ, काठमाण्डौमा बीबीए आठौँ  सेमेष्टरका विद्यार्थीहरुलाई बीमा क्षेत्र सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रीत हाजिरी जवाफ प्रतियोगिता पनि आयोजना गरिएको छ ।