सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सिटिजन्स बैंक र शंखरापुर अस्पतालबीच समझदारी

दैनिक नेपाल २०८० चैत ८ गते २२:२३

काठमाडौं, ८ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं जोरपाटीमा रहेको शंखरापुर अस्पतालबीच समझदारी भएको छ ।

बैंक र अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर हो । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले शंखरापुर हस्पिटलमा १०% सम्मको आकर्षक छुट पाउनुहुनेछ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्गमाध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृतविवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित