सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता

दैनिक नेपाल २०८० चैत ८ गते २२:१८

काठमाडौं, ८ चैत । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम – एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिट्यान्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।

समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको अभ्यास अनुसार सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विचमार्फत ओपन एपीआई स्ट्याण्डर्ड फलो गरिनेछ । आईएमई लिमिटेडमार्फत प्रदान गरिने एपीआईको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपीआई स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलोपटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो । यसमार्फत एपीआई इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेसन प्रक्रियामा अगाडि बढ्न सक्नेछन् ।

रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आईएमई परम्परागत रेमिट्यान्स सेवालाई अझै सहज तथा परिस्कृत गर्दै लैजान नयाँ–नयाँ प्रविधिलाई पछ्याउँदै आफूलाई फिनटेक क्षेत्रमा पनि अब्बल साबित गरेको छ । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिस्कृत प्रणालीको प्रयोगले रेमिट्यान्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने विश्वास लिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित