सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

माछापुच्छ्रे बैंकद्धारा शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा ८ वटा शौचालय निर्माण

दैनिक नेपाल २०८० चैत ८ गते २२:०६

काठमाडौं, ८ चैत । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नम्बर ६, बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

आज एक औपचारिक कार्यक्रमकाबीच बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु विद्यालय व्यवस्थापन समिति एवं विद्यालय प्रशासनलाई हस्तातरण गरेको हो । शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंकले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि जस्तै अन्य संघसंस्थाहरुले पनि स्थानीय निकायहरुसँग मिलेर यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाएपश्चात बैंकले विद्यालयको अवस्था अवलोकन गरी पूर्वाधारहरु निर्माण गरेको जानकारी गराउनुहुँदै भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने धारणा व्यक्त गर्नुभयो ।

१८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक कर्मचारी कार्यरत विद्यालयमा अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु मध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित