सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

नेपाल लाइफद्वारा जीवन बीमाका विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना

दैनिक नेपाल २०८० चैत ८ गते २१:५७

काठमाडौं, ८ चैत । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्स्योरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरुलाई अन्तर्राष्ट्रियस्तरमा भईरहेका विकासक्रम तथा असल अभ्यासहरुसँग चिरपरिचित हुन सहज हुने धारणा व्यक्त गर्नुभयो । यस प्रकारको आयोजनाले ज्ञान बाँडिनेमा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले यस विशेष आयोजनाका निम्ति यस कम्पनीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अहिले बदलिँदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको जानकारी दिनुभयो । संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरु जारी गर्दै आएको समयमा संसारमा भईरहेको अभ्यासको जानकारी सोहि क्षेत्रमा प्रत्यक्ष रूपमा काम गरिरहनुभएका फिलिप ज्याक्शनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको बताउनुभयो । बीमा बजारको विकाका लागि नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बीमा क्षेत्रका अवसर, समस्या र चुनौतीका बारेमा बृहत प्रस्तुतीकरण दिनुभएको थियो । साथै नेपाली जीवन बीमा कम्पनीहरुलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गर्नुभएको थियो । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।

यसैगरी ज्याक्शनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरु राख्नुभएको थियो भने अरु मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा प्रकाश पार्दै नेपालमा सहज तरिकाले यसलाई कार्यान्वयन गर्न के कस्तो रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा सुझावहरू दिनुभयो । यसका साथसाथै उनले अहिलेको नीति नियममा रहेका केही कमी कमजोरीहरुलाई औंल्याउँदै यसलाई अन्तर्राष्ट्रिय अभ्यासहरूसँग दाँजेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि सल्लाह सुझावका रुपमा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित