३० असार २०८३, मंगलबार

एमाले अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

भेटवार्ताका लागि विप्लव अध्यक्ष ओली निवास बोलकोटमै पुग्नुभएको थियो । भेटवार्तामा एमालेलाई पनि समाजवादी मोर्चामा सहभागी गराउने लगायत विषयमा छलफल भएको बताइएको छ ।

विप्लव समाजवादी मोर्चाका संयोजक समेत रहनुभएको छ । भेटवार्तामा नेकपाका प्रवक्ता खड्काबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सहभागी हुनुहुन्थ्यो ।