२९ जेष्ठ २०८३, शुक्रबार

६ केजी गाँजासहित एक जना पक्राउ

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ८ चैत । मोरङको पथरीशनिश्चरेमा ६ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुँरीगढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षिय प्रेमकुमार याख्खा रहेका छन् ।

६ वटा पोकामा म्याक गरि जेब्रा झोलामा बोकेर हिँडिरहेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले पथरीशनिश्चरे वडा नं २ छ्यालिस विघेबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।