११ श्रावण २०८३, सोमबार

जलवायु परिवर्तनका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण : ऊर्जामन्त्री बस्नेत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पूर्वसुचना प्रणाली सम्बन्धी सिकाइ आदानप्रदान कार्यशालामा बोल्दै उहाँले बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा बद्लावहरु आइराखेको भन्दै त्यो बद्लावले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘बढ्दो तापमानसँगै जलवायु परिवर्तनमा महशुुस गर्न सकिने र देख्न सकिने खालका बद्लावहरु आइराखेका छन् । जलवायु परिवर्तनको प्रभावको रुपमा मौसमजन्य घट्नाहरु दिनानु दिन बढ्दै गइराखेका छन् । त्यो अनिश्ति प्रक्रियाको भएको कारणले विपद् व्यवस्थापन हामी सबैको लागि अलि बढि चुनौतीपूर्ण बनिराखेको छ ।’

उहाँले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न सकेमा विपद्जन्य जोखिमहरुबाट सुरक्षित गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले पूर्वसूचना प्रणालीलाई जति व्यवस्थित गर्न सक्छौं । पूर्वानुमान पूर्वसूचनासम्म पुगेको सूचनाको प्रसारण सबैको बीचमका गर्न सकियो भने मलाई लाग्छ यो विपद्जन्य जोखमहरुबाट सुरक्षित गर्न धेरै हदसम्म सकिन्छ ।’