आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०८० चैत ८ गते ११:३६

काठमाडौं, ८ चैत । नेपाली बजारमा सुनको मूल्यले आज बिहीबार नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

छापावाला सुन बुधबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा ३५ रुपैयाँ बढेको छ । बुधबार १ हजार ५२० रुपैयाँ मूल्य कायम रहेको चाँदी बिहीबार १ हजार ५५५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित