आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

दैनिक नेपाल २०८० चैत ८ गते ६:५५

काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा कारोबार रकम तोकिएको थियो ।

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसा तोकिएको छ । बुधबार युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४३ पैसा तोकिएको थियो ।

मंगलबार भने युरो खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसाले कारोबार भएको थियो ।

आज पाउण्ड केही बढेर आएको छ । बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ ।

बुधबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा तोकिएको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित