३० असार २०८३, मंगलबार

घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ८ चैत । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार बुधबार अन्दाजी १८–१९ वर्षकी किशोरीको शव फेला परेको हो ।

हालसम्म शवको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रवक्ता भण्डारीका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्था शव फेला परेको हो । शव खोल्सामा घोप्टो अवस्थामा भेटिएको उहाँको भनाइ छ ।

प्रहरीले शव नजिकै खुकुरी सेमत फेला पारेको छ । शव परीक्षणका लागि प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।