२६ कार्तिक २०८३, बिहिबार

नेकपा एसले मनाङेलाई स्पष्टीकरण सोध्ने

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेकपा (एकीकृत समाजवादी)ले गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री हुनुभएका राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोध्ने भएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

मनाङे पहिला आफ्नो पार्टीमा प्रवेश गरेको र पार्टी प्रवेश गरेकाले आफूहरूले मन्त्रीसमेत बनाएकोमा अहिले कुनै छलफल नै नगरी समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न गएकाले स्पष्टीकरण सोध्नु परेको सचिव जीवनराम श्रेष्ठले बताउनुभयो । प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिइएको छ ।

२०७९ को निर्वाचनमा मनाङे प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर मनाङ १ (ख) बाट निर्वाचित हुनुभएको थियो ।