
काठमाडौं, ७ चैत । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का सांसद अमरबहादुर थापा निर्वाचित हुनुभएको छ ।
आज साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा थापाको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
उहाँको प्रस्तावकमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र समर्थकमा एमालेका सांसद दीपा शर्मा रहनुभएको थियो । थापाले निर्वाचित भएलगत्तै आजै सभामुख देवराज घिमिरे समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।








प्रतिक्रिया