
काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्व पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ । सन् २०२७ को ‘यु–१९ वुमनवर्ल्ड कप’ का लागि नेपाल सरकारले निकै महत्व दिएको छ । आइसीसीबाट पनि महत्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।’
अध्यक्ष बार्कले नेपालको क्रिकेट क्षेत्रको विकासकालागि आइसीसीले सहयोग गर्ने बताउनुभएको थियो । भेटमा नेपाल सरकारका मुख्य सचिव डा.बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो ।










प्रतिक्रिया