
कठमाडौं, ७ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका निर्वाचन क्षेत्रहरुमा हार स्वीकार्य नहुने भन्दै पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन दिनुभएको छ ।
एमाले काठमाडौं जिल्ला कमिटिको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौंमा एमालेको प्रदर्शन कमजोर भएको भन्दै सुधार्न आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, राजधानीले सिंगो देशको प्रतिनिधित्व गर्छ । काठमाडौंमा हाम्रो प्रदर्शन कमजोर कसरीभयो ? कसरी असफतातिर गइरहेका छौं । यसबारे सोच्ने बेला आएको छ । यसकालागि अब हामी अघि बढ्नुपर्ने बेला आएको छ । काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं, यो स्थितिलाई अनिवार्य बदल्नुछ ।’
अध्यक्ष ओलीले एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामकोप्रति पनि यो परिणाम सन्तोषजनक नरहेको बताउनुभयो । पार्टीका प्रत्येक कार्यकर्ताले डायरी बोकेर आफूले संगठन र पार्टीका लागि गरेका कामहरुको नोट गर्नुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै अध्यक्ष ओलीले देशमा उल्लेख्य रोजगारीको अवसर नभएको उल्लेख गर्दै भएको रोजगारीमा समेत श्रमशोषण भइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशमापर्याप्त रोजगारीका अवसरहरु प्राप्त नभइसकेको आवस्था छ । भएकोमा पनिश्रम शोषण भइरहेको छ । राज्यले तोकेको न्यूनतम पारिश्रमिकबाट नागरिक मुक्त छन् यो बारेमा सरकारले ध्यान दिन आवश्यक छ ।’
सबै चेतना र समृद्ध समाजको अभियानको नेतृत्व नेकपा एमालेले लिनुपर्ने उहाँको भनाइ छ ।









प्रतिक्रिया