
काठमाडौं, ७ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईका दुईजना बडिगार्डलाई हतियारसहित पक्राउ गरिएको प्रकरणमा सर्वोच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ ।
आज पक्राउ पर्नुभएका रामकुमार धिमाल र दीपक खड्काको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले तीन दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएको हो ।
रामकुमार धिमालको तर्फबाट रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७ वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएकोमा न्यायाधीश सारंगा सुवेदीले ३ दिनभित्र लिखित जवाफ दिन आदेश दिनुभएको हो ।
यस्तै अर्का बडिगार्ड दीपक खड्काको तर्फबाट उहाँकी श्रीमती शान्ता खड्काले प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । न्यायाधीश महेश शर्मा पौडेलले ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिनुभएको हो ।
प्रसाईका बडिगार्ड सर्वोच्च अदालत परिसारबाट हतियारसहित पक्राउ पर्नुभएको थियो । प्रहरीले उहाँहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँचदिनको समय पाएको छ ।








प्रतिक्रिया