
काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गर्नुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधानतथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेका भन्दै जनतालाई ढाँट्न पाईँदैन् भन्दै आक्रोस पोख्नुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले न्यूनतम साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो । विभिन्नआयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो । सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय बन्यो । जनतालाई ढाँट्न पाइँदैन,’ ।
उहाँले सरकारको इन्जिनर स्केलेटर नै बिग्रिसकेकाले गियर परिवर्तन ले केही गर्न सक्दैन भन्ने महशुस भएको टिप्पणी गर्नुभयो ।








प्रतिक्रिया