
रौतहट, ७ चैत । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीका केन्द्रीय सदस्य एवं आईटी आर्मीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष निवेश यादव जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।
रौतहटको राजदेवी नगरपालिका ७ मुडवलबा घर भएका निवेश यादव आजपा परित्याग गरी जसपामा प्रवेश गर्नुभएको हो ।
मंगलबार काठमाडौंस्थित जसपा पार्टी कार्यालयमा एक कार्यक्रमका बीच यादवसँगै आजपाका कैयौं नेताहरुलाई जसपामा प्रवेश गरेको पूर्वमन्त्री योगेन्द्र यादवले बताउनुभएको छ ।
नवप्रवेशीलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले खादा ओडाएर स्वागत गर्नुभएको थियो ।








प्रतिक्रिया