१९ असार २०८३, शुक्रबार

ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा २ घर जले

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुईवटा घर जलेका छन् ।

मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् ।

जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेको कार्यालयले जनाएको छ ।