२२ जेष्ठ २०८३, शुक्रबार

लोसपाको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । लोकतान्त्रिक समाज पार्टी (लोसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।

महोत्तरीको बर्दिवासमा हिजोदेखि सुरू भएको बैठक आज पनि जारी रहने भएको हो । राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिँड्नुभएपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा जीतेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ

नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समूह निर्माण गरिएको र उहाँहरुले रायसहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिनुभयो ।

बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रीय समितिका ३११ सदस्य उपस्थित रहेका छन् ।