३१ जेष्ठ २०८३, आइतबार

बारामा पाटेबाघ मृत फेला

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ६ चैत । बारा जिल्लाको कोल्हवी नगरपालिका-२ अमाव महादेवस्थान भन्ने ठाउँमा आज पुनः एउटा पाटेबाघ मृत फेला परेको छ ।

मृत बाघको उमेर अन्दाजी दुई वर्षको हुनसक्ने अनुमान गरिएको छ। कोल्हवी सबडिभिजन वन कार्यालयको क्षेत्रमा मृत अवस्थामा फेला परेको पोथी बाघको कञ्चटमा घाउ जस्तो देखिएको छ । बाघलाई स्थानीय बासिन्दाले गोली हानेर मारेको हुनसक्ने अनुमान डिभिजन वन कार्यालयले गरेको छ । तर, परीक्षणपछि मात्र वास्तविकता खुल्न सक्ने पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिनुभयो ।

केही दिन यता गर्मी सुरु भएसँगै जंगलमा पानीको अभाव भएपछि पानी खोज्दै नजिकको बस्तीमा पस्दा बाघ र मानवबीच द्वन्द्व बढेको छ । यस क्रममा कहिले बाघले मानव र कहिले मानवले बाघ मारेका घटना भइरहेका छन् ।