शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेप्सेमा ६.२४ अंकको गिरावट, ३ अर्ब ६३ करोडको कारोबार

दैनिक नेपाल २०८० चैत ६ गते १७:१०

काठमाडौं, ६ चैत । साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भएपनि कारोबार रकम भने बढेको छ । मंगलबार सेयर बजार सूचक नेप्से ६.२४ अंकले घट्दै २०६७.२९ विन्दुमा रह्यो ।

कारोबार रकम भने हिजोको तुलनामा केही बढेको छ । ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर  किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ छ । सोमबारको कारोबार रकम २ अर्ब ८२ करोड १८ लाख थियो ।

आज १०४ कम्पनीका सेयर मूल्य बढेको छ भने १२८ को घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । आज १३ उपसमूहमा लगानी, जीवनबीमा र माइक्रो फाइनान्स बोहक सबै घटेका छन् ।

सर्वाधिक व्यापार उपसमूह १.३१ प्रतिशतले घटेको छ । आज बुद्धभूमि हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको सेयरमा सर्किटस्तरको बढोत्तरी छ । धौलागिरी लघुवित्त, इनफिनिटी लघुवित्त, भगवती हाइड्रको पनि सेयर मूल्यमा उच्च बढोत्तरी छ ।

सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज पनि शिवम् सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर २५ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ ।

यस्तै सोनापुर मिनरल्सको १८ करोड ८९ लाख, गुर्खाज फाइनान्सको १५ करोड ८२ लाख र घोराही सिमेन्टको १० करोडको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित