२८ जेष्ठ २०८३, बिहिबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेपाली बजारमा आज मंगलबार सुन चाँदीको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सयले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।