२६ जेष्ठ २०८३, मंगलबार

एमाले उदयपुरको अधिवेशनका लागि आज प्रतिनिधि छनोट गरिँदै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, ६ चैत । नेकपा (एमाले) उदयपुरको चैत १३ र १४ गते हुने नवौँ जिल्ला अधिवेशनका लागि आज जिल्लाव्यापीरुपमा एकसाथ प्रतिनिधि छनोट हुँदैछ ।

जिल्ला अधिवेशन तयारीका लागि फागुन ३० गते बसेको आयोजक समितिको बैठकले एकसाथ प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो । अधिवेशनका लागि सबै ७७ वडाहरु र २३ वटा जनसंगठनले प्रतिनिधि छनोट गर्ने छन् ।

वडाको संगठित सदस्यको अनुपातमा ७ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधि छनोट गरिने एमाले उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले जानकारी दिनुभयो । युवा, विद्यार्थी, किसान लगाएत १० वटा जनसंगठनलाई २ खुल्ला र १ महिला प्रतिनिधि तोकिएको छ भने अन्य पिछडा वर्ग, बुद्धिजिवी, जनस्वास्थ्य लगाएत १३ वटा जनसंगठनले २ जनाका दरले प्रतिनिधि छनोट गर्ने छन् ।

छनोट गरिएको प्रतिनिधिहरु चैत ८ गते भित्र प्रतिनिधि व्यवस्थापन उपसमितिमा पठाइसक्नु पर्ने प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक टेकबहादुर राउतले जानकारी दिनुभयो ।

एमाले उदयपुरका अध्यक्ष घिमिरेका अनुसार चैत १३ गते जिल्ल्ला अधिवेशनको उद्घाटन हुनेछ भने १४ गते आउँदो कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।

अधिवेसन सम्पन्न गर्नका लागि मुल आयोजक समिति समेत गरी १३ वटा उपसमिति गठन गरिएको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुहुने र पार्टीका पदाधिकारी, स्थायी कमिटीका सदस्य लगायतका नेताहरु उपस्थित हुने कार्यक्रममा जिल्ला भरका करिब ६ सय ५० जना प्रतिनिधिहरु सहभागि हुने जिल्ला अध्यक्ष घिमिरेले बताउनुभयो ।

अधिवेशनका लागि मुल आयोजक समिति, राजनीतिक प्रतिवेदन लेखन, आर्थिक, सांस्कृतिक, हल व्यवस्थापन, अतिथि सत्कार, खाद्यन्न व्यवस्थापन, स्वास्थ्य, प्रचार प्रसार उपसमिति गठन गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।