शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सामसङकाे ग्यालेक्सी ए–५५ र ए–३५ फाइभजी सार्वजनिक, कति पर्छ मूल्य ?

दैनिक नेपाल २०८० चैत ६ गते ९:१४

काठमाडौं, ६ चैत । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ फाइभजी दुई स्मार्टफोन सार्वजनिक गरेको छ । यी फोनले ग्राहकलाई अत्याधुनिक मोबाइल इनोभेसन गर्ने कम्पनीको समर्पणलाई दर्शाउने सामसङ नेपालले जनाएको छ ।

दुवै फोनमा ‘सामसङ नक्स भल्ट’जस्ता उच्च सुरक्षा सुविधासहित नयाँ फोटोग्राफी र भिजन बुस्टर तथा प्रयोगकर्ताको परिवेशअनुरूप समायोजन हुने शानदार डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।

‘ग्यालेक्सी ए सिरिजमार्फत नवीनतम प्रविधिलाई अझ बढी ग्राहकका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं, ताकि धेरैले यो सुविधाको आनन्द लिन सकून्’, सामसङ नेपालका आइएम बिजनेसका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘यस लाइनअपमा पहिलो पटक सामसुङ नट भोल्ट प्रस्तुत गर्दै छौं । यसले प्रयोगकर्तालाई सुरक्षित र निरन्तररूपमा असाधारण मोबाइल अनुभवहरु प्रदान गर्नेछ ।’

बहुमुखी फोटोग्राफी र शानदार डिस्प्ले

परिस्कृत नाइटोग्राफीको साथ ग्यालेक्सी ए–५५ फाइभजीले कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट र बढी जीवन्त तस्वीर लिन्छ । रातिमा खिचिएको हरेक फोटो पनि नयाँ स्तरमा पुग्न सक्छ । ग्यालेक्सी ए–५५ फाइभजीको आधुनिक एआई इमेज सिग्नल प्रोसेसिङले ग्यालेक्सी ए सिरिजमा पहिले कहिल्यै नदेखेको कम प्रकाशमा उत्कृष्ट इमेज खिच्ने क्षमता छ ।

यी दुवै मोबाइलमा अविश्वसनीय फोटोग्राफी क्षमता, ओआईएस र भिडियो डिजिटल इमेजजस्ता सुविधा समावेश छन् । ग्यालेक्सी ए–५५ फाइभजी र ग्यालेक्सी ए–३५ फाइभजी दुवैमा ६.५ इन्च स्क्रिन रहेको छ ।

परिस्कृत र दीर्घकालीन ग्राहक सुरक्षा उपकरण

ग्यालेक्सी ए–५५ फाइभजी र ए–३५ फाइभजीले पहिलो पटक ग्यालेक्सी ए सिरिज प्रयोगकर्ताका लागि फ्ल्यागसिप ग्यालेक्सी उपकरणबाट सामसुङको सबैभन्दा नवीन सुरक्षा सुविधा सामसुङ नक्स भोल्ट ल्याएको छ । हार्डवेयर–आधारित र टेम्पर–प्रतिरोधी सुरक्षा समाधान सामसुङ नक्स भोल्टले सिस्टमको मुख्य प्रोसेसर र मेमोरीबाट अलग गरिएको सुरक्षित कार्यान्वयन वातावरण निर्माण गरेर हार्डवेयर र सफ्टवेयर आक्रमणविरुद्ध सुरक्षा दिन्छ । यसले पिन कोड, पासवर्ड र प्याट्रनजस्ता लक स्क्रिन प्रमाणसहित उपकरणमा सबैभन्दा महत्त्वपूर्ण डेटा सुरक्षित गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए–५५ फाइभजी र ग्यालेक्सी ए–३५ फाइभजी मल्टी–लेयर सुरक्षा प्ल्याटफर्मद्वारा सुरक्षित छन् । इन्ड–टु–इन्ड सुरक्षित हार्डवेयर, अटो ब्लकर, अतिरिक्त सुरक्षा उपायको अप्ट–इन प्याकेज, सुरक्षा र गोपनीयताको ड्यासबोर्डमा पहुँच, निजी फाइलको सुरक्षित र इन्क्रिप्टेड साझेदारीजस्ता सुविधा यसमा छन् । ग्यालेक्सी ए–५५ फाइभजी र ग्यालेक्सी ए–३५ फाइभजी प्रयोगकर्ताले फोर जेनेरेसनसम्मको एन्ड्रोइड ओएस र यूआई अपग्रेड, पाँच वर्षको सुरक्षा अपडेट प्राप्त गर्न सक्छन् ।

सिमलेस कनेक्शन

ग्यालेक्सी ए–५५ फाइभजी र ग्यालेक्सी ए–३५ फाइभजी निर्वाध ग्यालेक्सी इकोसिस्टममा समावेश छन्, जसले प्रयोगकर्तालाई विभिन्न ग्यालेक्सी उपकरणसँग एकजुट भएको अनुभव दिनेछ । अटो स्वीच सुविधा पनि मोबाइलमा राखिएका छन् ।

कम्पनीले सक्कली सामसङ चार्जरसहित ८/१२८ जीबीको उच्च प्रविधि प्रदान गर्दै ग्यालेक्सी ए–३५ फाइभजीको ४६ हजार ९९९ र ८/२५६ जीबीको ५१ हजार ९९९ रुपैयाँ तोकेको छ ।

यसैगरी, ग्यालेक्सी ए–५५ फाइभजीको ८/२५६ जीबीको ६२ हजार ९९९ र १२/२५६ जीबीको ६७ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ।

कम्पनीले इन्स्टा फाइनान्समा सरल किस्तामा शून्य प्रतिशत ब्याजमा पनि यी मोबाइल खरिद गर्न सकिने जनाएको छ ।

यस्तै, ग्राहकले आफ्नो पुरानो सामसुङको ए, एमएस, एन वा जेड सिरिज र कुनै पनि सी ब्रान्ड स्मार्ट फोन मूल्यांकनमा थप २ हजार ५०० बोनस र ग्यालेक्सी जे सिरिजका स्मार्ट फोन एक्सचेन्ज गर्दा १ हजार ५०० रुपैयाँ बोनस दिइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित