
काठमाडौं, ६ चैत । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखि सुरू हुनेछ ।
बैठकमा समसमायिक राजनीतिक विषयमा कुराकानी हुने तथा पदाधिकारीदेखि केन्द्रिय नेताहरूको कार्यविभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।
महरामाथि विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको आरोप छ ।
महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ । महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्न अदालतले अनुमति दिएको छ ।







प्रतिक्रिया