आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरी प्रभाग बलम्बुबीच साझेदारी

दैनिक नेपाल २०८० चैत ५ गते २१:२९

काठमाडौं, ५ चैत । मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरी प्रभाग बलम्बुबीच साझेदारी भएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल पहरी प्रभाग बलम्बुलाई आवश्यक पर्ने ३ थान सीसीटीभी क्यामेरा र २ थान गो प्रो क्यामेरा हस्तान्तरण गरेको छ।

सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास बैंकको छ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

प्रतिक्रिया
सम्बन्धित