आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

प्रभु महालक्ष्मी लाइफको एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न

दैनिक नेपाल २०८० चैत ५ गते २१:१६

काठमाडौं, ५ चैत । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ।

चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भव्य रूपमा सम्पन्न भएको कम्पनीले जनाएको छ। कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले अभिकर्ताहरूको मिहिनेतले पाएको सफलतामा कम्पनीको सधैँ साथ–सहयोग रहने बताए। प्रसाईंले सफलताको यो माहोललाई कम्पनीले उत्सवको रूपमा लिएको बताउनुभयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। ‘अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान–सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरूको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ,’ उहाँले भन्नुभयो । कम्पनीका नायब महाप्रबन्धक एवं नेसनल सेल्स हेड सोनबहादुर मगरले योग्यहरूको योग्यताको पहिचान उसले गर्ने कामले प्रस्तुत हुने बताउनुभयो। मोटिभेसनल स्पिकर रमण भट्टराईको ट्रेनिङ सेसनले कार्यक्रमको रौनक थपिएको थियो।

कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमाको शुभकामना आदान–प्रदान गरी रंगहरूका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो।औपचारीक कार्यक्रमका साथ विभिन्न अतिरिक्त क्रियाकलाहरुले ३ दिने कार्यक्रमको माहोललाई उल्लासमय बनाएको थियो ।

सहायक महाप्रबन्धक श्री टिकादत्त प्याकुरेलले सहभागीहरुलाई कार्यक्रम सफल बनाउन साथ, सहयोग दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीको संयोजनमा संचालित कार्यक्रम योगेन्द्र प्रसाद खतिवडाले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित