
बागलुङ, ५ चैत । बागलुङको निसीखोला गाउँपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दुर्घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको पहिचान खुल्न सकेको छैन् ।
बस मध्यपहाडी लोकमार्गदेखि १५० मिटर तल बसेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया