१३ असार २०८३, शनिबार

उपनिर्वाचन : इलाममा २० र बझाङमा १९ दल दर्ता

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारणसमेत गरिएको जानकारी दिनुभयो ।