सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

मधेश सरकारमा एमालेका यादवले लिए भौतिक पूर्वाधारमन्त्रीको शपथ

दैनिक नेपाल २०८० चैत ५ गते १७:४५

काठमाडौं, ५ चैत । नेकपा (एमाले) मधेश सरकारमा सहभागी भएको छ ।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेशको भौतिक पूर्वाधारमन्त्रीको शपथ ग्रहण गर्नुभएको छ ।

सोमबार उहाँलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित