१ श्रावण २०८३, शुक्रबार

सहिदहरुलाई १० लाख रुपैयाँ दिनु ब्रम्हलुट : दीपक सिंह

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सहिदहरुलाई १० लाख रुपैयाँ र अन्य सुविधा दिएर ब्रम्हलुट गर्न नपाइने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उहाँले नयाँ सहिदलाई दिने रकम देश निर्माण गर्ने निमार्णकर्ताहरुको बाँकी रकम भुक्तानी गर्न प्रयोग गर्नुपर्ने भन्दै यसरी ब्रम्हलुट गर्न नपाइने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यसअघिको सरकारले नयाँ सहिद २ हजार ६०१ जनालाई घोषणा गर्‍यो । १०/१० लाख दिने भन्ने निर्णय गर्‍यो । यस्तो कति दिनसम्म चल्छ ? त्यो पैसा त्यहा दिनुभन्दा देशको निमार्ण गर्ने निर्माणकर्ताहरुको बाँकी भुक्तानीमा लगाएको खण्डमा निर्माणकर्ताहरु बाँच्छन् । सहिदहरु १० लाख र अन्य कुरा दिएर ब्रम्हलुट गर्न पाइँदैन् ।’