
जनकपुरधाम, ५ चैत । केन्द्रीय सत्ता समीकरण अनुसार नेकपा (एमाले) आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । एमाले मधेश संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री बन्नुहुनेभएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले आज नै यादवलाई मन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरेको बताइएको छ ।
नेपाली कांग्रेसबाट पूर्वाधारमन्त्री बन्नुभएका कृष्णप्रसाद यादवले राजीनामा दिनुभएको छैन् । उहाँलाई आजै बर्खास्त गरेर यो मन्त्रालय एमालेलाई दिन लागेको मुख्यमन्त्री स्रोतले जनाएको छ ।
एमालेलाई भौतिकसहित गृह, सञ्चार तथा कानुन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा तथा सांस्कृतिक गरी ४ मन्त्रालय दिने सहमति भएको बताइएको छ । यसअघि कांग्रेसले नेतृत्व गरेको तीन वटा मन्त्रालय र जनमतले नेतृत्व गरेको शिक्षा तथा सांस्कृतिक मन्त्रालय एमालेलाई दिने सहमति भएको बताइएको छ ।








प्रतिक्रिया