९ असार २०८३, मंगलबार

दीपक मनांगे भौतिक पूर्वाधार मन्त्री नियुक्त

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चेत । गण्डकी प्रदेशका सांसद दीपक मनांगे मन्त्री नियुक्त हुनुभएको छ ।

उहाँलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री नियुक्त गर्नुभएको हो । मनांगेले हिजो मात्रै नेकपा एकीकृत समाजवादी परित्याग गर्नुभएको थियो ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि काँग्रेस नेतृत्वको सरकार धरापमा छन् । जसअन्तर्गत मुख्यमन्त्री पाण्डेले आफू नेतृत्वको सरकारको बहुमत बनाउनका लागि मनांगेलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

पाण्डेले आफ्नो सरकार टिकाउन मनाङेसँगै, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन खोजिरहनुभएको छ ।