
काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ पर्नुभएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग जम्काभेट भएको छ ।
उहाँहरूबीच भैरहवा विमानस्थलमा जम्काभेट भएको हो । महरालाई रुपन्देहीबाट पक्राउ गरेर भैरहवा विमानस्थलबाट यती एयरलाइन्सको जहाजमार्फत काठमाडौं ल्याउन लाग्दा विप्लव जिल्लाका कार्यक्रम सकेर काठमाडौं आउनका लागि विमानस्थल पुग्नु भएको थियो ।
जम्काभेटमा विप्लवले प्रहरी नियन्त्रणमा रहनुभएका महराबारे चासो समेत राख्नुभएको थियो ।
महरा र विप्लव विगतमा एकै पार्टीमा आवद्व हुनुहुन्थ्यो ।








प्रतिक्रिया