१७ असार २०८३, बुधबार

खान लागेको भात छोडेर भागेका महरा फिल्मी शैलीमा पक्राउ

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । खान लागेको भात छोडेर भागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा फिल्मी शैलीमा पक्राउ पर्नुभएको सुन तस्करी प्रकरणमा पक्राउ पर्नुभएको छ ।

आज बिहान कपिलवस्तुको पकडीमा रहेको वकिल मुसलमानको घरमा महरा खाना खाने तयारी गर्दै हुनुहुन्थ्यो । खाना खानका लागि उहाँले हात धोएर ठिक्क पर्नुभएको थियो ।

प्रहरीले पछ्याइरहेको भन्ने सूचना एक्कासी महराले पाउनुभयो । सूचना लगत्तै खाना छोडेर महरा भारत छिर्ने योजनासहित भाग्नुभयो । उहाँ बाग्मती ०१०२७ च १९९३ नम्बरको रातो प्राडो गाडीमा अलिगढवा नाकातिर भाग्नुभएको थियो ।

उहाँलाई रोक्न प्रहरीले सडकमा ब्यारियरसमेत राख्यो तर गाडी ब्यारिएर नै तोडेर हुईँकियो । त्यसपछि प्रहरीले उहाँलाई केही पर पुगेपछि घेरा हालेर पक्राउ गर्न सफल भयो ।

उहाँलाई पक्राउ गर्ने क्रमको दृश्य कुनै फिल्मको जस्तै रोचक थियो ।