सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

दैनिक नेपाल २०८० चैत ५ गते १०:४१

काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिनुभयो । उहाँलाई काठमाडौं ल्याइँदैछ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

हिजो आइतबार गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका महरासहित सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिनुभएको थियो ।

महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित