
काठमाडौं, ५ चैत । नेपाल कुस्ती संघको अध्यक्षमा प्रकाशकुमार कुसारी निर्वाचित हुनुभएको छ ।
संघको आइतबार सम्पन्न साधारणसभा तथा अधिवेशनले कुसारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह, सूर्यन्सकुमार चौधरी, महासचिवमा खगेन्द्रबहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोज कटुवाल र सुर्यनारायण साह तथा कोषाध्यक्षमा विपुल पौडेल निर्वाचित हुनुभएको छ ।
यसैगरी, सदस्यमा ऐटनकुमार मल्ल, सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, विक्रमसागर पोखरेल र लक्ष्मी उराउ निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कुसारीले आफ्नो कार्यकालमा कुस्ती संघलाई व्यवस्थित गर्दै अगाडि बढाउने बताउनुभयो । खेलकुद क्षेत्रलाई व्यवस्थित रुपमा अगाडि बढाउनका लागि कुस्ती संघ लाग्ने उहाँको भनाइ थियो ।








प्रतिक्रिया