२० असार २०८३, शनिबार

आरती साहकी सासू रेणुदेवी जनकपुरबाट पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उहँकी सासू रेणुदेवी साह पक्राउ पर्नुभएको छ । प्रहरीले आज उहाँलाई जनकपुरबाट पक्राउ गरेको हो ।

आरती साह गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका-९ थापाचोक स्थित श्रीमानको घरमा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो । आरतीका परिवारले दाइजो माग्दै आरतीको हत्या भएको दावी गर्दै आएका छन् ।

आरतीको माइती पक्षले उनका श्रीमान मोतिबाबु, ससुरा मदनमोहन, सासू रेणुदेवी र देवर रवि साहविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिनुभएको थियो ।

गत असार ३ गते जिल्ला अदालत धनुषाले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालत जनकपुरले प्रमाण नपुगेको भन्दै असोज १८ गते आरतीका श्रीमान मोतिबाबु र ससुरा मदनमोहनलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो।

त्यसपछि आरतीका माइती पक्ष सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले मंसिर २० गते आरतीका श्रीमान मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।