
काठमाडौं, ४ चैत । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पार्टी परित्याग गर्नुभएको छ ।
उहाँले आज नेकपा (एकीकृत समाजवादी) परित्याग गर्नुभएको हो । उहाँले आज प्रदेशसभा सचिव हरिराज पोखरेललाई पाटीइ परित्याग गरेको जानकारी दिनुभएको हो ।
‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उहाँले भन्नुभएको छ।
बिना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने बताउनुहुँदै उहाँले गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिने बताउनुभएको छ । उहाँको आसय काँग्रेसको सरकारलाई साथ दिने स्पष्टै बुझ्न सकिन्छ ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि समीकरण परिवर्तन गर्ने प्रयास भइरहेका बेला उहाँले पार्टी छोड्नु भएको हो । उहाँ मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित भएर समाजवादी प्रवेश गर्नुभएको थियो ।








प्रतिक्रिया