९ असार २०८३, मंगलबार

दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । शुत्रबार पक्राउ पर्नुभएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रूपन्देहीले आदेश दिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा काठमाडौंबाट पक्राउ पर्नुभएका दीपेशलाई प्रहरीले पक्राउ गर्ने बित्तिकै बुटवल लगेको थियो ।

दीपेशले बुटवलस्थित सुप्रिम सहकारीको ७८ करोड रकम हिनामिना गरेको आरोप लागेको छ । प्रहरीले यसअघि सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई पक्राउ गरिसकेको छ ।

मुख्य आरोपी भनिएका जीवी राई भने फरार हुनुहुन्छ ।