३२ असार २०८३, बिहिबार

नेप्सेमा गिरावट, १५७ कम्पनीको सेयर मूल्य घट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । साताको पहिलो दिनसेयर बजार कारोबारसँगै परिसूचक घटेको छ ।

११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ । गत बिहीबार पनि बजार कारोबार घटेको थियो । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो ।

आज ७५ कम्पनीका सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ । आज ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० को घट्यो भने १० कम्पनीको स्थिर रह्यो । १३ उपसमूहमा विकास बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधनबाहेक सबै घटेका छन् । सर्वाधिक घट्नेमा होटल तथा पर्यटन र जलविद्युत उपसमूह छ ।

आज सर्वाधिक नोक्सानीमा वीन नेपाल लघुवित्तका लगानीकर्ता छन् । किसान लघुवित्त, युनियन हाइड्रोपावर, सनराइज फस्र्ट म्युचुअल फण्ड, दोल्ती पावरको सेयर मूल्य धेरै घट्नेका सूचीमा छन् ।

आज ८२ लाख ५७ हजार ९ सय ११ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ थियो ।

बजार घटेको दिनपनि सप्तकोशी विकास बैंकको सेयरमा सर्किट स्तरको बढोत्तरी छ । गुराँस र मानुषी लघुवित्तको सेयर पनि बढेको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीहरुमा शिवम् सिमेन्ट अगाडि छ ।

उक्त कम्पनीको सेयर ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २३ करोड ७लाखको सेयर किनबेच भएको छ ।