१७ असार २०८३, बुधबार

बाँसबारी जग्गा प्रकरणमा सोधपुछ गर्नेबारे उद्योगपति विनोद चौधरी अनभिज्ञ

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा फिर्ता ल्याउने सम्बन्धमा उद्योगपति विनोद चौधरीसँग सोधपुछ गर्न निर्देशन दिएपनि चौधरी भने यसबारेमा अनभिज्ञ रहेको थाहा भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका चौधरीको निजी सचिवालयले गृहमन्त्रीले निर्देशन दिएको भनेर प्रकाशमा आएका समाचार मात्र जानकारी भएको बतायो ।

गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन जग्गा फिर्ता ल्याउने प्रक्रिया थालिहाल्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई आइतबार निर्देशन दिनुभएको थियो ।

‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरू गर्न निर्देशन दिनुभएको छ,’ गृहमन्त्री लामिछानेको सचिवालयले भन्यो, ‘त्यसका लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको छ ।’

यता प्रतिनिधि सभामा भने प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जानबाट समेत रोकेर राजीनामा मागिरहेको छ ।