१७ असार २०८३, बुधबार

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

आइतबार मन्त्रालयमा उहाँले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीलाई यस्तो निर्देशन निदनुभएको हो ।

मन्त्रालयमा सुरक्षा निकाय र गृह प्रशासनको उच्च व्यक्तिसँग छलफलपछि गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

यस्तै, गृहमन्त्री लामिछानेले बाँसबारीको छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा सांसद विनोद चौधरीको बयान लिन प्रहरीलाई निर्देशन दिनुभएको छ ।