२९ जेष्ठ २०८३, शुक्रबार

भारतले दिन थाल्यो ‘हिन्दु शरणार्थी’लाई भारतीय नागरिकता

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ४ चैत । भारतले नागरिकता संशोधन ऐन (सीएए)को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ ।  यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिबार अर्थात १६ मार्चमा भारतीय नागरिकता दिइएको छ । यी सबै शरणार्थीहरू हिन्दु हुन् र पाकिस्तानबाट भारत आएका हुन् ।

अहमदाबाद, गुजरातमा बसोबास गर्ने पाकिस्तानका यी १८ हिन्दु शरणार्थीहरूलाई शनिबार एक शिविरमा भारतीय नागरिकता प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नागरिकता वितरण शिविरमा गृह राज्यमन्त्री हर्ष सांघवी पनि सहभागी हुनुहुन्थो ।

यी शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गरेपछि एक आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको थियो, जस अनुसार अल्पसंख्यक समुदायका मानिसहरूलाई भारतीय नागरिकता प्रदान गर्न राज्यको अहमदाबाद, गान्धीनगर र कच्छका जिल्ला कलेक्टरहरूलाई २०१६ र २०१८ को राजपत्र सूचनाहरू जारी गरिएको थियो । पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर हिन्दु शरणार्थीलाइ भारतले नागरिकता दिने अधिकार दिलाएको छ ।

विज्ञप्तिमा भनिएको छ कि यससँगै अहमदाबाद जिल्लामा बसोबास गर्ने पाकिस्तानबाट आएका कुल एक हजार १ सय ६७ हिन्दु शरणार्थीलाई अहिलेसम्म भारतीय नागरिकता दिइएको छ ।

जिल्ला कलेक्टरको कार्यालयमा आयोजित शिविरमा संघवीले शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गर्दै नयाँ भारतको सपना साकार पार्न मिलेर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,  ‘देशको विकास यात्रामा सबैको सहभागिता रहने दृढ संकल्प छ भन्ने आशा छ ।’ संघवीले भारतीय नागरिकता पाएका सबैलाई समाजको मूलधारमा ल्याउन केन्द्र र राज्य सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले अफगानिस्तान, पाकिस्तान र बंगलादेशका उत्पीडित अल्पसंख्यकहरूलाई सजिलै र छिटो भारतीय नागरिकता उपलब्ध गराउन विशेष प्रयास गरेको उहाँले बताउनुभयो ।