२६ जेष्ठ २०८३, मंगलबार

अनेमसंघ सोलुखुम्बुको अध्यक्षमा मनसरी राई

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सोलुखुम्बुको अध्यक्षमा मनसरी राई निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न जिल्ला कमिटीको पाँचौँ अधिवेशनले राईको नेतृत्वमा २७ सदस्सीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा मैया बास्तोला, सचिवमा कृष्टिना कार्की, कोषाध्यक्षमा मायादेवी राई र उपसचिवमा कल्पना थापामगर चयन हुनुभएको छ ।

अनेमसंघकी केन्द्रीय सचिव बिना राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा अनेमसंघ कोशी प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सिर्जना राई, प्रदेश कमिटी उपसचिव अन्जु पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।