
काठमाडौं, ४ चैत । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को आकस्मिक केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।
महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा (माओवादी केन्द्र)मा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक रूपमा बैठक बोलाउनुभएको हो । जसअनुसार आज कार्यकारिणी र भोलि केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ ।
महेन्द्रराय यादव पक्षधर नेताहरुले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए । मुलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ ।
शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुँदे सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए ।
अध्यक्ष भट्टराइले यादव र श्रेष्ठले गरेको सहमतिमा पार्टीको कुनै पनि निर्णय बिना भएको भन्दै आजको बैठकबाट दुबैजनालाई कारबाही गर्ने बुझिएको छ । पार्टी अध्यक्षलाई नै बाइपास गरेर एकता गर्ने सहमति गरे पछि भट्टराई क्रुध रहनुभएको छ ।








प्रतिक्रिया