
काठमाडौं, ३ चैत । काठमाडौं महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसै चोरी भएको छ ।
डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो ।
चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।









प्रतिक्रिया