११ असार २०८३, बिहिबार

ढुवानी सेवा सम्बन्धी छुट्टै ऐन निर्माण आवश्यक : मन्त्री गिरी

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवा सम्बन्धी छुट्टै ऐनको आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले ढुवानी व्यवसायको जुन प्रकृति हेर्दा छुट्टै ऐनको आवश्यक छ कि भन्ने महशुस भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘मलाई यस क्षेत्रमा गहिरो ज्ञान त छैन् । मलाई भन्दा यस क्षेत्रको ज्ञान तपाईहरुलाई हजार गुणा बढि छ । मैले बाहिरबाट देखेजस्तो नहुन सक्छ । तर मलाई के लाग्दै छ भने ढुवानी व्यवसायको जुन प्रकृति छ । यसलाई हेर्दा ढुवानी सेवा सम्बन्धी छुट्टै ऐनको आवश्यक छ कि भन्ने महशुस हुँदैछ । त्यसको लागि तपाईहरु मस्यौदा गर्नुहोस् । मलाई लेखेरै दिनुहोस् मलाई सघाउनुहोस् ।’

मन्त्री गिरीले ढुवानी व्यवसायले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको बताउनुभयो । सानो आकारमा पुँजीबाट काम गर्नेलाई महत्वको साथ नलिने र सँधैभरी उपेक्षा गर्ने प्रवृत्तिले गर्दा व्यवसायीहरु अप्ठ्यारोमा परेको उहाँको भनाई छ । उहाँले आफुले जिम्मेवार ढङ्ले ढुवानी व्यवसायको क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।