६ श्रावण २०८३, बुधबार

‘स्वास्थ्य मन्त्रालय संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा छ’

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा मन्त्रालय जुटेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल डेन्टल हाइजेनिष्ट एसोसियसनको ८ औं राष्ट्रिय महाअधिवेशनमा बोल्दै उहाँले स्वास्थ्य संवेदनशिल क्षेत्र भएकाले सामान्य निजामती ऐनले स्वास्थ्यलाई चलाउन सक्दैन भनेर कार्यदल गठन गरेर त्यसको रिपोर्टको आधारमा छुट्टै संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा रहेको जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य संवेदनशिल क्षेत्र भएकाले सामान्य निजामती ऐनले स्वास्थ्यलाई चलाउन सक्दैन् भनेर स्वास्थ्यले छुट्टै ऐन बनाएर सञ्चालन गर्नेगरी संघीय स्वास्थ्य ऐन बनाउने तयारीमा छौं । कार्यदल गठन गरेर त्यसको रिपोर्टको आधारमा ऐन बनाउने भनेर लाग्ने तरखरमा छौं ।’

उहाँले सबै कार्यक्रम केन्द्रबाट नै झोला बोकेर स्थानीयसम्म जानुपर्छ भन्ने भाष्यलाई सरकारले ब्रेक गरेको बताउनुभयो । प्रदेशमा पनि स्वास्थ्य तालिम केन्द्रमार्फत दाँत तथा मुख सम्बन्धी तालिमहरू सञ्चालन गरेको भन्दै सबै कार्यक्रम केन्द्रबाट नै झोला बोकेर स्थानीयसम्म जानुपर्छ भन्ने भाष्यलाई सरकारले ब्रेक गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रदेशमा पनि स्वास्थ्य तालिम केन्द्रमार्फत दाँत तथा मुख सम्बन्धी तालिम चलेको छन् । केन्द्रकमा पनि चलेको छ । तथापि हामी त्यहाँ गएपछि पहिला जस्तै सबै कार्यक्रम केन्द्रबाट नै झोला बोकेर स्थानीयसम्म जानुपर्छ भन्नेलाई हामीले ब्रेक गरेकै हो ।’